काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनको लागि सुरुमा काँग्रेसले पार्टीभित्र कार्यदल गठन गरेर काम सुरु गर्ने बताएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको स्थापना दिवसको अवसरमा काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उक्त जानकारी दिएका हुन् । ‘अस्तिको केन्द्रीय समितिको बैठकबाट हामीले दुइटा महत्त्वपूर्ण निर्णयहरू गरेका छौँ, हामी काँग्रेस पार्टीभित्रै एउटा कार्यदल…