गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौँ । काठमाडौँको सिनामंगल क्षेत्रमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको हो । आगलागीको कारणबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।