वीर अस्पतालमा १०३ वर्षीया वृद्धामा मस्तिष्कको शल्यक्रिया

काठमाडौँ । वीर अस्पतालले मस्तिष्कमा भएको ठूलो रक्तस्रावको सफल शल्यक्रिया सम्पन्न गरेको छ । अस्पतालले काठमाडौँ कोटेश्वरकी १०३ वर्षीय वृद्धाको विश्वमै दुर्लभ मानिने न्युरोसर्जिकल उपलब्धि प्राप्त गरेको हो । वीर अस्पतालका न्युरो विभागका प्रमुख वरिष्ठ न्युरोसर्जन डा. राजीव झाका अनुसार अत्यन्तै नाजुक र उच्च उमेर हुँदाहुँदै पनि सफल मस्तिष्क शल्यक्रिया हुनु चिकित्सकीय क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि…