चितवन- माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ । पालिकाको ४३ औँ कार्यपालिका बैठकले वातावरण प्रदूषण नियन्त्रणका लागि प्लाष्टिकजन्य सामग्रीमा रोक लगाउने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार प्लाष्टिकजन्य वस्तुका कारण वातावरणदेखि मानव स्वास्थ्यमा समेत प्रभाव पारेकाले यसलाई रोक लगाएको हो । उनले भने “प्लाष्टिकजन्य वस्तु रोक लगाउँदा वातावरण स्वच्छ…