एनसेल बिक्रीमा नेतादेखि कर्मचारीसम्मकाे मिलेमताे छ : शेखर काेइराला

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमत्तोमा एनसेल बिक्री भएको बताए । उनले भने,‘ आजको पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने एनसेल बेचिदै छ भन्ने केही दिनदेखी जताततै चर्चा भइरहेको छ । यसमा राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव हुँदैन । त्यसकारण हामीले नेताहरुलाई प्रश्न गरेका छाैँ…