हिमपातले ढोरपाटन उपत्यका सेताम्य, जनजीवन कष्टकर

बागलुङ । बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए । “यसवर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो”, कँडेलले भने, “हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ । चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ…