घरभित्र लुकाएर राखेको ७ थान रिभल्वरसहित ५ जना पक्राउ

बारा । घरभित्र लुकाएर राखेको हतियारसहित बारा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका–११ भगवानपुरबाट हतियारसहित ५ जनालाई पक्राउ गरेको हो। सिम्रौनगढ–११ भगवानपुरका ४० वर्षीय उपेन्द्र पटेलले आफ्नो घरमा हातहतियारहरु लुकाएर राखेको भन्ने सूचनाका आधारमा प्रहरीको टोलीले छापा मारेको थियो। पटेलको घरमा छापा मार्दा ७ थान रिभल्वर,…