काठमाडौँ -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाबीच बुधबार ह्वाइट हाउसमा मिडियाको सामु नोकझोक भएको छ। ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानहरूको संहार भइरहेको आरोप लगाएपछि नोकझोक सुरु भएको हो। ओभल अफिसमा भएको बैठकमा ट्रम्पले एउटा भिडियो देखाउँदै गोराहरूलाई अफ्रिकामा योजनाबद्ध रूपमा लक्षित गरिरहेको र जसका कारण धेरै किसान अमेरिका भागिरहेका बताउँदै रामाफोसालाई…