समानुपातिक बन्द सूचीको गल्ती सच्याउन २७ गतेसम्मको समय

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्द सूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ । आयोगका तथ्यांक शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरकाअनुसार, पुस १६ देखि २० गतेसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातहरूको जाँच गरिएको हो । रुजु गर्नेक्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई आइतबार साँझसम्म पत्रमार्फत जानकारी गराइने उनले बताए । कागजात, उमेर नपुगेकालगायतका सबै…