२२ वर्षीय उमेश भन्छन् : ९ लाखको सयपत्री बेचिसकेँ, तिहारमा मात्रै हजार माला बेच्ने तयारीमा छु

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश दर्नाललाई तानेको छ । राहदानी बनाएर विदेश जान लागेका २२ वर्षीय दर्नाल बाँझो जमिनमा सयपत्री…