मुस्ताङ- घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले १६ जिल्लाका कृषि प्राविधिकलाई फलफूल तथा सागसब्जी खेतीसम्बन्धी तालिम प्रदान गरिरहेको छ। आइतबारदेखि सुरु भएको तीनदिने ‘गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन’ विषयक तालिममा संघ, प्रदेश र स्थानीय तहका नायब प्राविधिक सहायक तथा प्राविधिक सहायकको सहभागिता रहेको छ। केन्द्रका प्रमुख पद्मनाथ आत्रेयका अनुसार फलफूल तथा तरकारीका गुणस्तरीय बिरुवा…