देउवा निवासमा मन्त्रीसहित कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी मन्त्रीसहितको पदाधिकारी बैठक बोलाएका छन् । बैठक आज (शुक्रबार) बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । पदाधिकारी बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सहभागी हुनेछन् । बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षालगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको…