नवजात शिशु बेच्ने डाक्टरसहित ३ जना कारागार चलान

विराटनगर । नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका डा. तपेश्वरलाल कर्णसहित तीन जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजालशले डाक्टर कर्णसहित कटहरी ४ का सूर्यनारायण राजवंशी र भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राईलाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो…