बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

काभ्रे– अविरल वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका– १२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्‍याएपछि राजमार्ग खुलाउन…