ट्राफिकका इन्स्पेक्टरबाट सहायक हवल्दार कुटिएको भिडियो भाइरल

काठमाडौँ- ट्राफिक प्रहरीका इन्स्पेक्टरबाट जनपद प्रहरीका एक सहायक हवल्दार कुटिएका छन् । काठमाडौँको नागढुंगामा ट्राफिकका एक इन्स्पेक्टरले सहायक हवल्दारलाई गालामा चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएपछि प्रहरीले आन्तरिक रूपमा छानबिन अघि बढाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले घटनाबारे बुझ्ने काम भइरहेको बताएका…