ऊर्जा मन्त्रीको अभिव्यक्तिप्रति एमाले सांसदले जनाए असन्तुष्टि

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले ऊर्जा,जलस्रोत तथा सिञ्चाइमन्त्री दिपक खड्काको अभिव्यक्तिमा असन्तुष्टि जनाएका छन् । ‘मैले दुई पटक सुनेँ-हाम्रो ऊर्जा मन्त्रीले नेपालमा लोडसेडिङ नहुने कुराको जस भारतलाई दिनुपर्छ । हिजो पनि त्यही सुने,’ सांसद गैरेले बिहीबार प्रतिनिधि सभाको बैठकमा भने । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै ऊर्जा मन्त्री खड्काले नेपालमा लोडसेडिङ हुने अवस्था…