सहकारीको १६ अर्ब कुम्ल्याएका जीबी राईसहित १३ जना विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । सहकारीको १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) र कुमार रम्तेलविरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको आरोपमा जिल्ला अदालत कास्कीले पनि राई र रम्तेल सहित १३ जनालाई पक्राउ पुर्जी जारी यसअघि नै गरिसकेको छ ।…