काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा पेश गरेको कागजात र अभिलेख अद्यावधिकसम्बन्धी कागजात झिकाउन आदेश गरेको छ । रास्वपाबाट निष्कासित महामन्त्री डा. मुकुल ढकालले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि न्यायाधीशहरु हरि फुयाल र नित्यानन्द पाण्डेयको इजलासले ‘मिसिल कागज झिकाउने’ आदेश गरेको हो । आदेश अनुसार अब निर्वाचन आयोगले रास्वपा दर्ता हुँदाको…