कागज उद्योगमा रमाउँदै पासाङ, वार्षिक कमाउँछन् २० लाख

गोरखा । भोजपुरको सिलिचोङबाट रोजगारीका लागि ३५ वर्षअघि भौतारिएर हिँडेका पासाङ निमा शेर्पाले ताप्लेजुङको एक नेपाली हाते कागज उद्योगमा काम पाए । घरमा चौँरी पाल्न दुःख भएपछि गाउँ छोडेर जागिरको खोजीमा निस्केका उनलाई के काम पाइन्छ र के गर्ने भन्ने टुंगो थिएन । हाते कागज उद्योगमा काम छाडेर फेरि कामकै खोजीमा उनी बाजुरा पुगे ।…