गाउँपालिकाको ६ लाख रुपैयाँ आफैँ झ्वाम, वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा !

काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तिलकराम कँडेलविरुद्व ६ लाख १० हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार वडाअध्यक्ष कँडेलले शंकरपुर तालको ठेक्का बापतको रकम विजयनगर गाउँपालिकाको खातामा जम्मा नगरी आफैंले लिइ सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप लागेको हो। ठेक्का कार्यमा पत्थरदेईया…