पर्वतका नौवटा सामुदायिक वनमा पोखरी निर्माण

काठमाडाैं - वन्यजन्तुको सुविधा तथा डढेलो नियन्त्रणमा उपयोगी हुने ठानेर पर्वतका नौ वटा सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले सामुदायिक वनमा पोखरी निर्माण कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा नौवटा पोखरी निर्माण गरेको हो । बाह्रैमास पानी टिक्ने स्थानमा पोखरी निर्माण गरेर पानी सङ्कलन गरिएको डिभिजन वन कार्यालयका प्रमुख झ्यामनारायण सापकोटाले जानकारी दिए…