बालेन–आईजी थापाको भेटपछि हनुमान ढोकाको जीर्ण भवन भत्काउन प्रहरीलाई महानगरको सहमति!

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र प्रहरी महानिरिक्षक (आईजी) दीपक थापाबीच भेटवार्ता भएपछि हनुमान ढोकामा रहेको जीर्ण प्रहरी भवन भत्काइने भएको छ। यो भेटपछि महानगरपालिकाले प्रहरीलाई सहमति दिएको हो। काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आइजिपी थापा छलफलका लागि पुगेका थिए। अहिलेको जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय त्यतिबेला हनुमानढोकामा थियो। २०७२ सालको…