काठमाडौँ । नारायणगढ-मुग्लिन सडक-खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ मा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका चालक खोज्न गोताखोर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमान्डमा ६ जना गोताखोर टोली खोजीमा जुटेको हो । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा ००६-०२ प ९२०४ नम्बरको मोटरसाइकल…