काठमाडौं । सर्वोच्च अदालतमा आज (आइतबार) कुनै पनि इजलास नबस्ने भएको छ । नेपालकै प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठको निधनको शोकमा सर्वोच्चले आज एक दिन बेञ्च नराख्ने निर्णय गरेको हो । न्यायाधीश श्रेष्ठको ८४ वर्षको उमेरमा अस्ति शुक्रबार बिहान देहान्त भएको थियो । उनी सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश समेत हुन् । २०६१ वैशाख…