काठमाडौं- सरकार र नेपाल शिक्षक महासंघबीच बुधबार राति भएको ९ बुँदे सहमतिमा आफूहरूको माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलनलाई निरन्तरता दिने भएका छन्। ' बुधबार शिक्षा मन्त्रालयमा भएको ९ बुँदे सहमतिलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि २९ दिनदेखि जारी शिक्षक आन्दोलन स्थगित भएको थियो । तर, विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले शिक्षकमा पनि स्थायीको मात्र माग…