रुपन्देही प्रहरीको हिरासतमा रवि

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामै राख्न शुक्रबार दिएको आदेश कार्यान्वयनका लागि उनलाई आजै बिहान रुपन्देही पुर्‍याइएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले पूर्व गृहमन्त्री लामिछानेलाई आज बिहान साढे ९…