चुनावबाट जनमत साबित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई महामन्त्री शर्माको चुनौती

झापा- नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत साबित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिएका छन् । झापाको मेचीनगर, धुलाबारीमा पार्टीले आयोजित गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा आज उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूसँग जनता छन् भन्ने लागेको भए २०८४ सालको चुनावमा ‘श्रीपेच चुनाव चिह्न’ लिएर दुई तिहाई जनमत ल्याएर व्यवस्था बदल्न चुनौती दिए। महामन्त्री शर्माले भने,…