प्रधानमन्त्रीले पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनमा उडान भर्नेबारे छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनमा उडान भर्नेबारे छलफल गर्ने बताएका छन् । शुक्रबार समाजवादी मोर्चाको गण्डकीस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणका एजेन्डाबारे बोल्दै चीनका विभिन्न शहरमा उडान भर्नेबारे छलफल गर्ने बताएका हुन् । ‘कोरोला नाका र रूइला नाका खोल्न चीनसँग सहमति गर्ने एजेण्डा तय…