नेकपा एकीकृतका केन्द्रीय सल्लाहकार विश्वकर्माको निधन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ । ५९ वर्षीय विश्वकर्माको गएराति ह्दयघातका कारण निधन भएको नेकपा एसका नेता दिलु पन्तले जानकारी दिइन् । शौचालय गएर आएपछि सुतेका उनी नचलमलाएपछि अल्का अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउने साथ उनलाई मृत घोषणा गरिएको हो । रौतहटको गौर स्थायी घर…