विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह

मलङ्गवा (सर्लाही) । गैरसरकारी संस्था महासंघ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक संघ–संस्थाहरूले विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम गर्न सरकारलाई आग्रह गरेका छन् । सरकारले विवाहको हद उमेर घटाएर १८ वर्ष कायम गर्ने अध्यादेश संसद्मा पेस गरेको छ । सर्लाहीका १५ वटा संघ संस्थाका प्रतिनिधिले सरकारसँग विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम राख्न आग्रह…