काठमाडौँ । संसदको जारी गतिरोध अन्त्यका लागि आज (शुक्रबार) पनि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ। संसद्को बैठक बस्नुअघि विपक्षी दलहरूको बैठक बोलाएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन्। सत्तापक्ष समक्ष प्रस्ताव गरिएको ड्राफ्टमा विपक्षी दलहरूबीच साझा धारणा बनाउनका लागि बैठक बोलाएको उनले बताएका छन्। त्यसपछि सत्तापक्षसँग छलफल हुने…