किसानकाे गुनासाे- जंगली जनावर मारे कारबाही हुन्छ, नमारे खेती उठाउनै पाइँदैन

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ मा किसानले लगाएको मकै बाली जंगली जनावर बँदेल, बाँदर तथा दुम्सीले नष्ट पारेको छ । बुधबार जंगली जनावरले नष्ट पारेको मकै बालीको अनुगमन गर्न खेतमै पुगेका वडा नं २ का अध्यक्ष दिलबहादुर विष्टले बगाल र बेडपानीमा बढी क्षति पुर्‍याएको बताए । बर्सेनि जनावरका कारण किसानले हैरानी खेप्नु परिरहेको जनप्रतिनिधि बताउँछन्…