सरकारले गरिरहेको काम पर्याप्त भएन-एमाले

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले सरकारले गरिरहेको काम पर्याप्त नभएको निष्कर्ष निकालेको छ । केन्द्रीय मुख्यालय च्यासलमा बसेको ४३औँ सचिवालय बैठकले सरकारलाई अझ गति बढाउन सुझाव दिएको छ । ‘अहिले गरिरहेको काम पर्याप्त छैनन्, सरकारले अझ बढी पुस गरोस् । अझ बढी कामलाई तीव्रता दिओस्,’ बैठकको निर्णय सुनाउँदै उपमहासचिव प्रदीपकुमार ज्ञवालीले भने, ‘दुई वटा…