काठमाडौं । हुम्लाको सार्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायासहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । मंगलबार विशेष अदालतले यस मुद्दाका अन्य चार आरोपीलाई भने सफाइ दिएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले यस्तो फैसला गरेको हो । यस मुद्दामा गाउँपालिका उपाध्यक्ष जोसी धामी, लेखापाल पूर्णप्रसाद…