काठमाडौँ । प्रतिनिधि सभा अध्यक्ष देवराज घिमिरेले माघे सङ्क्रान्ति माघी पर्वजस्ता परम्परागत चाडपर्वले आपसी मेलमिलापलाई प्रगाढ बनाउने बताएका छन् । सभामुख घिमिरेले आज शुभकामना सन्देश जारी गर्दै माघे सङ्क्रान्ति/माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै नयाँ पुस्तालाई गौरवमय इतिहास र संस्कृति बुझ्न प्रेरणा मिल्ने विश्वास लिएको उल्लेख गरेका छन् ।…