नेविसंघको विधान मस्यौदा समितिले बुझायो संशोधित विधान

काठमाडौँ- नेपाल विद्यार्थी संघको विधान मस्यौदा समितिले परिमार्जित विधान बुझाएको छ । विधान संशोधन एवम् परिमार्जन गर्नका लागि ७ कात्तिकमा संघले केन्द्रीय सदस्य नगेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा समिति बनाएको थियो । संशोधित विधानमा केन्द्रीय समितिको संख्या १३५ जनाको बनाइएको छ । २९ जना पदाधिकारी हुने व्यवस्था विधानमा राखिएको छ । पदाधिकारीमा कोषाध्यक्ष बाहेकका पदमा निर्वाचन हुनेछ ।…