हिमताल फुटेर सिक्किममा बाढी : मृत्यु हुनेकाे संख्या ४० पुग्याे

भारतको उत्तरपूर्वी क्षेत्रमा हिमताल फुटेर आएको बाढीबाट कम्तीमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतीय सेनाले बाढीमा फसेका हजारौँको हेलिकोप्टरमार्फत उद्धार गर्ने योजना बनाएको छ । उच्च हिमाली भूभागमा अचानक हिमताल विष्फोट भएपछि बुधबार सिक्किम राज्यको दुर्गम क्षेत्रमा हिंसात्मक बाढी आएको थियो । जलवायु विज्ञहरूले विश्वव्यापी तापक्रम बढिरहँदा र हिउँ पग्लिन थालेसँगै यस्तै…