भारतको एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा ६ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बताएका छन्। भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा रहेको श्री वेङ्कटेश्वर स्वामी मन्दिरको दर्शनका लागि प्रवेशद्वारमा टोकन लिन ठूलो भीड जम्मा भएका समय एकाएक भागदौड मच्चिएको थियो। ‘हजारौँ धर्मावलम्बी भेला भएको मन्दिर परिसरमा भएको दुर्भाग्यपूर्ण घटनामा…