चलचित्र विकास बोर्डद्वारा १५ विद्यार्थीलाई फिल्म अध्ययनको लागि छात्रवृत्ति प्रदान

काठमाडौँ । चलचित्र विकास बोर्डले फिल्म अध्ययन, अनुसन्धान एवं विद्धतवृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरेको छ । बुधबार आयोजित समारोहमा बोर्ड अध्यक्ष दिनेश डिसीले विभिन्न संकाय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका हुन् । छात्रवृत्ति बापतको रकम सम्बन्धित कलेजलाई हस्तान्तरण गरिएको छ । माध्यमिक र स्नातक तहका विद्यार्थीको छात्रवृत्ति अस्कर कलेजका संयोजक नवनिधि दाहाल…