काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुनले २०८४ को निर्वाचनअघि वामपन्थी ध्रुवीकरणको सम्भावना नरहेको बताएका छन् । पूर्वमन्त्री समेत रहेका उपमहासचिव पुनले वामपन्थी एकता अन्तर्गत नेकपा एमालेसँग पार्टी एकीकरण र गठबन्धन गरिसकेको स्मरण गराउँदै अब सम्भावना नरहेको बताएका हुन् । प्रेस सेन्टर कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुनले दुई ठूला दल मिलेर…