काठमाडौं । संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । लास क्रुसेस प्रहरीको फेसबुक पोस्ट अनुसार, स्थानीय समय अनुसार राति १० बजेतिर भएको सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको छ। पीडितहरूको पहिचान अज्ञात छ।…