काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको आज शुभारम्भ गरेका छन् । साबिक महारानीझोडा गाविसमा चार हजार घरधुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयवासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाइ समाधानको पहल गरेपछि प्रमाणपूर्जा वितरण सुरु हुन सकेको…