प्रधानमन्त्रीबाट मानव सेवा आश्रमको भवन उद्घाटन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका-४, आमडाँडीस्थित मानव सेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानव सेवा स्मारकको भवन शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले सो उद्घाटन र शिलान्यास गरेका हुन् । कार्यक्रममा आश्रमका लागि दुई बिघा पाँच कट्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधानलाई सम्मान गरिएको थियो…