समाजवादी पार्टी निकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ । नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष मनोज शर्मा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार बिहान उनलाई खादा लगाएर पार्टी प्रवेश गराएका हुन । शर्मालाई स्वागत गर्दै अध्यक्ष ‘प्रचण्ड’ले माओवादी आन्दोलन एकता र ध्रुवीकरणको प्रक्रियामा अघि बढेकाले विभिन्न घटकहरूसँग एकता प्रक्रिया सुरु भएको बताए ।…