पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरी : डा.महत

चितवन- नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको बताएका हुन् । उनले भने, “पार्टीलाई कसरी बलियो बनाउने भन्नेतर्फ केन्द्रित हुनुपर्छ, पार्टी र हामीभन्दा पनि म भन्ने प्रवृत्ति हाबी हुँदा पार्टी कमजोर हुन्छ…