मन्त्रीहरुलाई गगनले भने–अध्यादेश छलफल गरेरै ल्याएको हो, विरोध आवश्यक छैन

काठमाडौं । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्य समीक्षा गर्न बसेको सत्ता साझेदार नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठकमा अध्यादेशबारे चर्चा भएको छ । सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै चौतर्फी विरोध भइरहँदा बूढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा आज बिहान बसेको बैठकमा त्यसबारे छलफल भएको हो । विगतमा अध्यादेशको चर्को विरोध गर्ने महामन्त्री गगन थापाले मन्त्रीहरुलाई अध्यादेशलाई…