नयाँ दिल्ली – दक्षिण भारतको राज्य केरलाको एउटा मन्दिरमा उत्सवको क्रममा भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन् । यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटना बिहीबार साँझ केरलाको राजधानी तिरुवनन्तपुरमबाट करिब ४२२ किलोमिटर उत्तरमा कोझिकोड जिल्लाको कोइलान्डी नजिकै रहेको मानकुलङ्गारा मन्दिरमा भएको हो ।…