आज दसैँको दोस्रो दिन : ब्रह्मचारिणी देवीको आराधना गरी मनाइँदै

काठमाडौं । आज बडादसैँको दोस्रो दिन । आज ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको धर्मशास्त्री बताउँछन् । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरूपका रुपमा लिइछ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री,…