यो सरकार ढली नै हाल्छ, म रिल्याक्स गरिरहेको छु : ‘प्रचण्ड’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आफैँले आफ्नो आयु छोट्याइरहेको बताएका छन् । त्यसैले यो सरकार धेरै नटिक्ने घोषणा समेत उनले गरे । सिन्धुपाल्चोकको सुकुटेमा आज पत्रकार भेटघाटमा पूर्व प्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको, सत्ता साझेदार काँग्रेसभित्रै असन्तुष्टि रहेको र अलोकप्रिय काम गरेकाले ढल्ने निश्चित भएको…