बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरामा आज माघेसंक्रान्ति मेला तथा जैमिनी कप चलिरहेको थियो । मेलामा स्थानीय कला, संस्कृति र विभिन्न प्रकारका झाँकी प्रदर्शनले दर्शकलाई लोभ्यायो। साँझ पर्दै थियो । आयोजकले प्रमुख अतिथिका रूपमा आएका कृषि तथा पशुपंक्षीमन्त्री रामनाथ अधिकारीलाई बिदाई गर्नुपर्ने भयो । धेरै ठाउँमा आयोजकले अतिथिलाई मायाको चिनो भनेर विभिन्न प्रकार समान दिने…