काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । यसअघि सोमबार रविविरुद्ध सरकार र जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरेका थिए । आज (बुधबार) रविको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशील पन्त र रमण श्रेष्ठले बहस गरिरहेका छन् । पन्त र श्रेष्ठ दुवै पूर्वमहान्यायाधिवक्ता हुन् । उनीहरूले रविलाई छाड्नुपर्ने तर्क पेस…