मिक्लाजुङ - मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबि कुमार राईले जापानका प्रभावशाली सांसद कुबोटा तेत्सुयासँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन्। स्पेसटाउनका मेयर हिरोसी कोजोनोको निमन्त्रणामा जापान भ्रमणमा रहेका अध्यक्ष राईले दुई पालिकाबीच भगिनी सम्बन्ध स्थापना र यसको दीर्घकालीन प्रभावकारिता सुनिश्चित गर्न विभिन्न विषयमा छलफल गरेका हुन्। भेटमा अध्यक्ष राईले मिक्लाजुङको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार क्षेत्रको विकासमा…