सुर्खेत-दैलेख सीमामा दुर्घटना हुँदा चारको मृत्यु, २५ घाइते

काठमाडौँ । सुर्खेत-दैलेख सिमास्थित वीरेन्द्रनगर-१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेको पहिचान खुलेको छैन। दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको र अन्य २५ जना घाइते भएका दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताए । शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१…